शुक्रबार, असोज ९, २०८३

नाडा इभी एक्सपोको लागि स्टल बुकिङ खुला

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला गरेको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला गरेको छ। नाडाले असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको इभी एक्सपोको लागि बुधबारबाट स्टल बुकिङ खुल्ला गरेको हो।

यो नेपालमै पहिलोपटक हुन लागेको इभी एक्स्पो हो। इभी एक्सपोका लागि भदौ ५ गते सम्मका लागि स्टल बुकिङ खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन्। सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो।

नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागि हुन अनुरोध गरेका छन्।


प्रकाशित: Aug 18, 2022| 16:46 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्