काठमाडौं- सानिमा बैंकले सम्पूर्ण परिवार सदस्यका लागि लक्षित गर्दै फेमिली सुपर सेभिङ खाता सञ्चालनमा ल्याएको छ। तीन वा सोभन्दा बढी (सम्पूर्ण) परिवारका सदस्यहरुका लागि अस्पताल खर्च भुक्तानी नै गर्न नपर्ने गरी १ लाख सम्मको औषधि उपचार बीमा सुविधा सहित यो खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
यसमा वार्षिक ८.०३ प्रतिशत ब्याजदर, मासिक ब्याज भुक्तानी, प्रत्येक परिवारका सदस्यलाई १० लाखको दुर्घटना बीमा, ३ लाखको ६ घातक रोगहरुको बीमा, २५ हजारको आवधिक जीवन बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण प्याकेजजस्ता थप सुविधाको व्यवस्था छ।
यसबाट ग्राहकलाई औषधि उपचार खर्च गरी बीमाबापत् शोधभर्ना लिनुपर्ने झन्झटबाट छुट्कारा मिल्ने बैंकको दावी छ। ग्राहकले आफ्नो बीमा पोलिसी नम्बर उपलब्ध गराएर औषधि उपचार गराउन सक्ने बैंकले जनाएको छ। यो सुविधा अस्पताल भर्ना हुँदा उपलब्ध हुनेछ।
बैंकका अनुसार भिसा नेटवर्कका एटीएमबाट नेपालमा नि:शुल्क रकम झिक्न सकिने, लकर शुल्कमा ७५ प्रतिशत छुट, लगानी व्यवस्थापन सेवामा ५० प्रतिशत छुट, नि:शुल्क डेबिट तथा क्रेडिट कार्ड जारी, नि:शुल्क अमेरिकी डलर कार्ड (फर्स्ट टपअप), नि:शुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा प्रदान हुनेछ। बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा एटीएम संचालनमा छन्।