शुक्रबार, असोज ९, २०८३

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एपमा स्तरोन्नति

सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा स्तरोन्नति गरेको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा स्तरोन्नति गरेको छ। सिद्धार्थ बैंक स्मार्ट एक्सपीमा स्तरोन्नति (अपग्रेड) गरिएको बैंकले जनाएको छ। यसबाट एपमा हुन सक्ने ठगी नियन्त्रण हुनुका साथै बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिने बैंकको भनाइ छ।  

एफवान सफ्ट इन्टरनेसनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेसन बैंक एक्सपी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउने बताइएको छ। ग्राहकले मोबाइल र वेब उपकरणबाट एप्लिकेसन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) बाट प्रयोग गर्न सक्ने छन्। ‘नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड/पिन रिसेट, ईएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तरसञ्चालन लगायतका थुप्रै सुविधा छन्’ बैंकले भनेको छ।

बैंकका अनुसार यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वत: प्रमाणित गर्ने क्षमता छ। प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहीं नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति हुँदैन। अटो–भेरिफिकेसनको प्रयोग पनि ठगी नियन्त्रणका लागि प्रभावकारी हुने बैंकको दावी छ।


प्रकाशित: Aug 18, 2022| 16:35 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्