काठमाडौं- आईएमएस ग्रुप फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ को एक मात्र राष्ट्रिय वितरक बनेको छ। पाराकिटो एक फ्रान्सेली लामखुट्टे र टिक विकर्षक ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउने ग्रुपले जनाएको छ।
पाराकिटोले रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन जस्ता उत्पादन गर्ने र विशेष गरी बच्चा, गर्भवती र संवेदनशील छाला भएकालाई सुरक्षा प्रदान गर्ने ग्रुपले उल्लेख गरेको छ। पाराकिटो पानी र पसिना प्रतिरोधी, दीर्घकालीन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरारहित रहेको जनाइएको छ। पाराकिटो आईएमएस लिटल स्माइलस सोरुमहरूमा उपलब्ध हुनेछ।