मंगलबार, जेठ २६, २०८३

सनराइज बैंकद्वारा विद्यालयलाई फिल्टर हस्तान्तरण

सनराइज बैंकले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९
National life
Shivam cement

काठमाडौं- सनराइज बैंकले बुटवल उपमहानगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई फिल्टर हस्तान्तरण गरेको छ। विद्यालयमा शुद्ध पिउने पानीको व्यवस्था नरहेको हुँदा बैंकले उक्त विद्यालयमा ३०० विद्यार्थीलाई पुग्ने गरी प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर जडान गरेको हो।

बैंकद्वारा गरिएको यस सामाजिक कार्यले विद्यार्थीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन र स्वस्थ रूपमा पठनपाठन गर्न मदत पुग्ने विद्यालयकी प्रधानाध्यापक श्रीमती शान्ति शर्माले बताइन्। यस्तै बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा यस्तो सहयोग गरिरहने बताएको छ।


प्रकाशित: Aug 18, 2022| 16:30 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्