मंगलबार, जेठ २६, २०८३

सिद्धार्थ बैंक र मोको वालेटबीच सम्झौता

सिद्धार्थ बैंकले फोकसवान पेमेन्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९
National life
Shivam cement

काठमाडौं- सिद्धार्थ बैंकले फोकसवान पेमेन्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ।

बैंकका ग्राहकले मोको डिजिटल वालेटमार्फत नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड सहज रुपमा लोड गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत तथा खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्। 

ग्राहकहरुले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लोड गरे पश्चात् भौतिक कार्ड साथमा नभए पनि मोको एप मार्फत विद्युतीय भुक्तानी गर्न सक्नेछन्। यसले गर्दा ग्राहकवर्गहरुको विद्युतीय भुक्तानी सेवा अझ छिटो र सहज हुने विश्वास बैंकले लिएको छ।


प्रकाशित: Aug 18, 2022| 16:25 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्