काठमाडौं– डिजिटल मुद्रा क्रिप्टोकरेन्सीलाई वैधता दिन माग गर्दै बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
क्रिप्टोलगायतका डिजिटल मुद्रालाई कानूनी मान्यता नदिने राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र डिजिटल मुद्रालाई कानुनी मान्यता दिनुपर्ने माग राखी अधिवक्ता सागर बराललगायतले सर्वोच्चमा रिट दर्ता गराएका हुन्।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्र बैंक, कानुन न्याय तथा संसदीय मामिला, अर्थ, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ। रिट निवेदनमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुनेछ।