शुक्रबार, असोज ९, २०८३

२८ अंकले बढ्यो नेप्से, २ अर्ब ५ करोडको कारोबार

बिहीबार कारोबारमा रहेका सबै समूहको सेयर सूचक बढेको छ। कारोबारमा आएका २२० वटा ५१ लाख १ हजार कित्ता २ अर्ब ५ करोड ७९ लाखमा कारोबार भएको छ। रिडी हाइड्रोको सेयर सबैभन्दा बढी १० करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भयो।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- सेयर बजार सूचक नेप्से करिब २८ अङ्कले बढेको छ। बिहीबार २७.५६ अङ्कले बढेको नेप्से २०६८.४२ बिन्दुमा पुगेको हो।

बिहीबार कारोबारमा रहेका सबै समूहको सेयर सूचक बढेको छ। कारोबारमा आएका २२० वटा ५१ लाख १ हजार कित्ता २ अर्ब ५ करोड ७९ लाखमा कारोबार भएको छ। रिडी हाइड्रोको  सेयर सबैभन्दा बढी १० करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भयो। 

मन्दाकिनी हाइड्रो, अपर सोलु हाइड्रो, अप हेवाखोला हाइड्रो र श्वेतगंगा हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ। सर्पोट लघुवित्तको सेयर सबैभन्दा धेरै ३ दशमलव २८ प्रतिशतले घटेको छ।

प्रकाशित: Aug 18, 2022| 15:33 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्