मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गौतमश्री सहकारीलाई मन्त्रालयको १५ दिने अल्टिमेटम, चित्तबुझ्दो योजनासहित पेस नभए समस्याग्रस्त घोषणा गर्ने तयारी

गौतमश्री सहकारीलाई मन्त्रालयको १५ दिने अल्टिमेटम, चित्तबुझ्दो योजनासहित पेस नभए समस्याग्रस्त घोषणा गर्ने तयारी

मन्त्रालयले सो सहकारीलाई बचत फिर्ता गर्ने स्पष्ट योजनासहित १५ दिनभित्र मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको हो।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई बचतकर्ताको बचत फिर्ता गर्ने स्पष्ट योजनासहित उपस्थित हुन निर्देशन दिएको छ। मन्त्रालयले सो सहकारीलाई बचत फिर्ता गर्ने स्पष्ट योजनासहित १५ दिनभित्र मन्त्रालयमा उपस्थित हुन पत्राचार गरेको हो।

National life

मन्त्रालयका अनुसार मंगलबार मन्त्रालयले पठाएकामा बुधबार संस्थाले बुझेको छ। निर्देशनबमोजिम संस्थाका सञ्चालकले चित्तबुझ्दो योजना पेस गरे सोहीअनुसार काम गर्न दिने र नआए समस्याग्रस्त घोषणा गर्ने तयारीमा मन्त्रालयको छ। 

यसअघि सहकारी विभागले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिसकेको छ। समस्याग्रस्त घोषणा गर्ने वा नगर्ने अधिकार भने मन्त्रालयलाई छ। सो सहकारीका सञ्चालक रामबहादुर गौतमसहित प्रमुख कार्यकारी अधिकृतलगायत सबै सञ्चालक गत १२ साउनदेखि फरार थिए। 

बचतकर्ताको उजुरी लिएको विभागसँग हालसम्म १,२१० जना बचतकर्ताबाट १ अर्ब ८७ करोड बचत रकमको दाबी परेको छ। यसअघि सहकारी विभागले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सहकारीका सञ्चालक तथा व्यवस्थापलाई विभागममा उपस्थित गराउन पत्राचार गर्नुका साथै सहकारीको सम्पूर्ण सम्पत्ति रोक्का राख्न भूमि व्यवस्था विभागलाई समेत पत्राचार गरिसकेको छ।

प्रकाशित: Aug 18, 2022| 15:26 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्