आइतबार, साउन २४, २०८३

२० भदौभित्र उम्मेदवार टुंगो लगाउँदै एकीकृत समाजवादी

४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेकपा एसले ८ वटा मापदण्ड तोकेको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीले आउँदो संघीय चुनावका लागि २० भदौभित्र उम्मेदवार टुंगो लगाउने भएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार छनोटका लागि नेकपा एसले ८ वटा मापदण्ड तोकेको छ।

‘२० भदौभित्र उम्मेदवारको टुंगो लगाउनेछौं। त्यसका निम्ति सचिवालयले उम्मेदवार छनोट मापदण्ड पनि बनाएको छ,’ नेकपा एसका उपमहासचिव जगन्नाथ खतिवडाले भने।

प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवार बन्न सम्बन्धित व्यक्ति पार्टीको कार्यदिशा नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको हुनुपर्ने उल्लेख छ। यस्तै, विद्रोहमा सक्रिय भूमिका निर्वाह गरेको र पार्टी निर्माणमा योगदान गर्नेलाई समाजवादीले प्राथमिकता दिने भएको छ।

उम्मेदवार बन्न पार्टी र क्रान्तिप्रितको निष्ठा र अनुशासनमा दृढ रहेको हुनुपर्नेछ। आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्नेछ। पर्टीले पार्टीले सिफारिस गर्ने उम्मेदवार जनतामा स्थापित एवं लोकप्रिय हुनुपर्ने मापदण्ड तोकेको छ। चुनाव लड्न स्वच्छ छवि र सुशासनको पक्षपाती हुनुपर्नेछ।

नेकपा एसले उम्मेदवारको कार्यक्षमताको पनि मूल्यांकन गरिने बताएको छ। उम्मेदवार छनोट गर्दा समावेशी समानुपातिक आधारमा गरिने पार्टीको निर्णय छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा उम्मेदवार सिफारिस गर्नुपर्नेछ।  जिल्ला कमिटीमा प्राप्त सिफारिसका आधारमा प्रदेश कमिटीमा १२ भदौभित्र सूची पठाउन पार्टीले निर्देशन दिएको छ।

प्रदेश कमिटीले १५ भदौभित्र केन्द्रमा सिफारिस पठाउनुपर्नेछ भने केन्द्रीय कमिटीले २० भदौमा उम्मेदवारको टुंगो लगाउने नेकपा एसको सचिवालयले निर्णय गरेको छ।

प्रकाशित: Aug 18, 2022| 14:22 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...