बिहीबार, वैशाख १३, २०८१

नेपालका सात ठूला सहरमा हुँदै गायक आर्थर गनको कन्सर्ट

काठमाडौंको कलंकी स्थायी घर भएका आर्थरले पहिलो पटक नेपालका सात ठूला सहरमा सांगीतिक प्रस्तुति दिने भएका हुन्।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं– अमेरिकन आइडल १८औं सिजनको हिस्सा बनेपछि आर्थर गन (दिवेश पोखरेल) को विश्वव्यापी लोकप्रियता बढेको थियो। पोखरेल सन् २०२० को अमेरिकी आइडलको संस्करणमा फस्ट रनरअप भएका थिए।

triton college

‘हस्की स्वर’का गायक भनी चिनिएका आर्थरले गत महिना मात्रै लन्डनमा कन्सर्ट गरेका थिए। पहिलो पटक नेपालमा सांगीतिक प्रस्तुति दिन बुधबार काठमाडौं आइपुगेका छन्। उनको ब्यान्डका अन्य चार सदस्य पनि काठमाडौं आइपुगेका छन्। 

काठमाडौंको कलंकी स्थायी घर भएका आर्थरले पहिलो पटक नेपालका सात ठूला सहरमा सांगीतिक प्रस्तुति दिने भएका हुन्। 

बुधबार काठमाडौं आइपुगेका आर्थरले ४ भदौमा काठमाडौं, ८ मा भरतपुर, १० मा पोखरा र १५ गते बुटवलमा कन्सर्ट दिँदै छन्। काठमाडौंका अन्य दुई स्थानमा समेत कन्सर्ट हुँदै छ । 

दर्शकले उनलाई अमेरिकन आइडल अडिसनमा गाएको बब डिलनको गर्ल फ्रम द नर्थ कन्ट्री र क्रिडेन्स क्लियरवाटर, रिभाइभलको ह्याब यु इभर सिन द रेन गीतले चिन्छन्। उनको प्रस्तुतिलाई सबै निर्णायकले प्रशंसा गरेका थिए। 

corrent noodles
Metro Mart

विश्व प्रसिद्ध गायिका केटी पेरीले उनलाई ‘ही इज द बेस्ट’ भन्दै प्रशंसा गरेकी थिइन्।

उनको भिन्न र अद्वितीय स्वरलाई अन्तर्राष्ट्रिय गायक र कलाकारले प्रशंसा गर्दै आएका छन्। उनले आठ वटा गीत समावेश गरेर पहिलो एल्बम ‘ग्रहण– २०१८’ रिलिज गरेका थिए। यस्तै, दोस्रो एल्बम, खोज–२०१९ मा म, खोज र कर्णालीलगायतका गीतसहित जारी गरेका थिए।

विश्वभरका दर्शकबाट माया र समर्थन पाएपछि यसको सम्मान गर्दै उनले मातृभूमि नेपाल आइपुगेका हुन्। टुबोर्गले ‘ब्रेन सर्भिसिङ’ र ‘एमएन इभेन्ट्स’सँगको सहकार्यमा कन्सर्ट व्यवस्थापन गरेको हो। 

कन्सर्टका क्रममा उनले नेपालको पर्यटन तथा संस्कृति प्रवद्र्धनका कार्यक्रममा पनि भाग लिने आयोजक टिमले बताएको छ।

प्रकाशित: Aug 18, 2022| 12:43 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्