शुक्रबार, असोज ९, २०८३

सुनको मूल्य तोलामा तीन सयले घट्यो

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघकाअनुसार बुधबारको तुलनामा बिहिबार सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको हो।

यसअघि प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर ९५ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ। यसैगरी ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज ९७ हजार ४०० रुपैयाँ पर्नेछ। 

यता, चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ। यसअघि प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार १९५ रुपैयाँमा कारोबार हुनेछ।

प्रकाशित: Aug 18, 2022| 12:15 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्