मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

अफगानिस्तानको मस्जिदमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको आशंका गरिएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा २० जनाको मृत्यु भएको आशंका गरिएको छ।

National life

बुधबार साँझ प्रार्थनाका क्रममा मस्जिदमा विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बीबीसीका अनुसार केही अपुष्ट रिपोर्टले विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ। विस्फोटमा ४० जनाभन्दा बढी घाइते भएको विवरण प्राप्त भएको बीबीसीले जनाएको छ।

काबुलमा तालिबान प्रहरी प्रवक्ता खालिद जाद्रानलाई उद्धृत गर्दै स्थानीय मिडियाले विस्फोट सहरको उत्तर पश्चिममा भएको उल्लेख गरेका छन्। विस्फोटमा सिद्दीकी मस्जिदका इमामको पनि मृत्यु भएको केही रिपोर्टमा जनाइएको छ।

विस्फोट कसले गरायो भन्ने अहिलेसम्म खुलेको छैन। ए

Shivam cement

प्रकाशित: Aug 18, 2022| 08:41 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।