काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ८२ पैसा र बिक्री दर १२७ रुपैयाँ ४२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२८ रुपैयाँ ९६ पैसा र बिक्री दर १२९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ४९ पैसा र बिक्री दर १५४ रुपैयाँ २२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २५ पैसा र बिक्री दर ८८ रुपैयाँ ६७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ८९ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४० पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७१ पैसा र बिक्री दर १८ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७८ पैसा र बिक्री दर ३३ रुपैयाँ ९४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६८ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६५ पैसा र बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर