शुक्रबार, साउन १५, २०८३

कलंकीको खसी बजार हटाउन महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।

वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले एक सूचना जारी गर्दै निर्देशन दिएको हो।

खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएपछि खसीबजार हटाउन निर्देशन दिइएको महानगरले जनाएको छ।

स्थानीय बासिन्दाले सामूहिक रूपमा निवेदन दिँदै खसीबजार हटाइदिन महानगरसँग माग गरेका थिए।

एक सूचना जारी गर्दै महानगरले अबको १५ दिनभित्र उक्त जग्गाबाट खसी बजार हटाउन निर्देशन दिएको छ। व्यवसायीलाई खसी बजारको वैकल्पिक व्यवस्था गर्न महानगरले आग्रह गरेको छ। निर्देशन अटेरी गरेमा कानुन अनुसार कारबाही गरिने महानगरको चेतावनी छ।



प्रकाशित: Aug 18, 2022| 07:20 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।