शनिबार, चैत २, २०८१

आजको राशिफल : तुला र वृश्चिकलाई शुभ, अरुको के छ?

आज २०७९ भदौ २ गते तदनुसार १८ जुलाई २०२२ बिहीबार सप्तमी तिथि हो। आजको राशिफल:
 |  बिहीबार, भदौ २, २०७९

ज्यो. विवेक पाण्डेय

ज्यो. विवेक पाण्डेय

बिहीबार, भदौ २, २०७९

आज २०७९ भदौ २ गते तदनुसार १८ जुलाई २०२२ बिहीबार सप्तमी तिथि हो। आजको राशिफल:

health

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि भएकाहरूका आज स्वास्थ्य भरपर्दो रहनेछ। टाढाबाट धन आउने र नयाँ काममा लगानी गर्न मन लाग्नेछ। मनमा एकप्रकारको ढुक्कपन रहने, दौडधुप पनि धेरै गर्नुपर्ने छैन। परिवारका सदस्यबाट सकारात्मक सहयोग हुनेछ। सबै काम सुख र सुविधाका साथ सम्पन्न गर्न सकिनेछ। तर, समयको सही सदुपयोग अवश्य गर्नुहोला।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि भएकाहरूलाई आज मनमा चिन्ताले सताउनेछ। आफू अपमानित हुनुपर्ने ठाउँमा नचाहेर पनि जानुपर्ने योग छ। आफन्तसँग नै झगडा पर्न सक्नेछ। आज टाढाको भ्रमणमा निस्कनु ठिक छैन। निस्कियो भने आफ्नै पैसा र समयको बर्वादी हुनुका साथै दुर्घटनाको पनि जोखिम छ। त्यसैले सतर्क हुनु अति आवश्यक छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज मिथुन राशि भएकाहरूले लाभका मौका उपयोग गर्न सके राम्रो छ। कसैले लगेको धन फिर्ता हुने योग छ। आफूलाई पनि नाम र कृति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ। घरमा नयाँ सामान किन्ने र घर सजाउनेमा विशेष चाहना यो हप्ताभर नै हुने देखिन्छ। मनमा एक प्रकारको सहयोगी भावना पलाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आज समय मध्यम खालको छ। आफूले ठिक मानेर गरेको कामबाट आफैलाई सन्तुष्टि मिल्ने छैन। आखामा एक्कासी खराबी आउन सक्नेछ। आँटेका काममा असफलता, सोचेजतिका काममा विघ्नबाधा, जताबाट पनि नोक्सानमात्रै पर्ने देखिएकोले सावधान रहन अत्यन्त जरुरी छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज सिंह राशि भएकाहरूका लागि स्वास्थ्य भरपर्दो रहने छैन। समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला। पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन्। आज जताबाट पनि समस्या आइलाग्ने देखिन्छ। आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ। चनाखो भएर खर्च जोगाउनु नै राम्रो हुनेछ। समय खराब रहेकाले टाढाको यात्रा गर्नु ठीक छैन।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि भएकाहरूका लागि आज स्वास्थ्यमा खास कुनै गड्वडी देखिने छैन। तर, आँटेका सोचेका काममा भने कुनै न कुनै प्रकारको झन्झट र झमेला देखापर्नेछ। सोचे जतिका सबै काम पूरा हुनेछन्। तर, संघर्ष भने खुब गर्नुपर्नेछ। पीर नगरी सक्रिय भएर काममा लागेमा अधिकतम लाभ लिन सकिनेछ। समग्रमा आजको समय मध्यम रहनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रै रहने छ। इज्जत, प्रतिष्ठा बढ्ने ठाउँमा उपस्थित र सहभागी हुन पाइनेछ। घरमा पारिवारिक सहयोग सबैबाट पाइनेछ। आज विशेष कार्यक्रममा भाग लिने स्थिति आउने योग छ। शैक्षिक क्षेत्रबाट पनि पुरस्कृत हुन सकिनेछ। समग्रमा आजको समय पनि शुभ रहनेछ। भरपूर उपयोग गर्नुहोला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज शिक्षा, सुन, घडेरी, घर बनाउने काम, स्कुलमा लगानी अथवा कुनै पनि शैक्षिक क्षेत्रमा लगानी गर्नुभयो भने राम्रो हुनेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ। स्वास्थ्यले समेत साथ दिनेछ। समय शुभ छ उपयोग गर्नुहोला। पश्चिम दिशाको भ्रमणमा महत्वपूर्ण काम बन्नेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशिका लागि आज पनि एक्कासी रोग लाग्ने, खाना नपच्ने, कुनै व्यक्तिसँग झगडा पर्ने, जताबाट पनि नोक्सान मात्रै पर्नेछ। सरकारी कर्मचारीबाट असहयोग, छोराछोरीसँग विवाद हुनेछ। मनमा व्यर्थैको छट्पटी, यात्रामा खर्चमात्रै, उपलब्धि हात लाग्ने छैन। एक्कासी पेट दुख्ने ग्याष्ट्रिक, शूल, वायुले स्वास्थ्यलाई असर गर्न सक्नेछ। आज खाने पिउने मामलामा पनि दु:ख पाइने देखिन्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज आफ्नै ढिलासुस्ती र मनोवल कम हुँदा हरेक काममा पछि परेको अनुभव गर्नुपर्ने छ। मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, शोक पर्ने समाचारसमेत सुन्नुपर्नेछ। सतर्क रही कार्य गर्नुहोला। टाढाको यात्रामा जानु पनि ठीक छैन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशिका लागि आज आर्थिक दृष्टिकोणले उपयोगी बित्ने छ। मानसिक शान्ति तथा आरामपूर्वक सोचेका, शुरु गरेका काम सम्पन्न हुनेछन्। तर बोली वचनमा भने संयम राख्नुपर्ने देखिन्छ। होटल व्यवसायी, दूध, नगदेवालीमा संलग्न व्यक्तिलाई आज राम्रो छ। आज साँझपख भने आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने छ, ज्यादै सतर्क हुनु आवश्यक छ। अढैया शनिको प्रभावले केही काम भने विग्रने सम्भावना रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज समय अत्यन्तै खराम छ। आफ्नो काममा आफ्नै व्यक्तिहरूले बाधा पार्नेछन। त्यसकारण तपाईंको मन अस्थिर हुन सक्नेछ। जुन कार्यक्रममा भाग लिन जानुपर्ने हो त्यसमा छुट्नुपर्ने देखिन्छ। स्वास्थ्य संवेदनशील रहने देखिन्छ। खानामा गडबडी, कसैले मनमा दु:ख लाग्ने कुरा प्याच्च सुनाउन सक्नेछन्, चिन्ता नलिनु वेश हुनेछ।

(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आएका पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सकिन्छ।)

प्रकाशित: Aug 18, 2022| 06:39 बिहीबार, भदौ २, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।