बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इन्धनको मूल्य वृद्धिका कारण बंगलादेशमा तत्काल आर्थिक संकटको हुँदैन : आईएमएफ

इन्धनको मूल्य वृद्धिका कारण बंगलादेशमा तत्काल आर्थिक संकटको हुँदैन : आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया तथा प्रशान्त विभागका महाशाखा प्रमुख राहुल आनन्दले बंगलादेशको वर्तमान आर्थिक अवस्थाका बारेमा मंगलबार अनलाइन कन्फरेन्समा पत्रकारलाई जानकारी दिँदै बंगलादेशको बाह्य स्थिति ‘यस क्षेत्रका धेरै देशहरूभन्दा निकै फरक’ रहेको बताए।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

ढाका- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बंगलादेश श्रीलङ्काजस्तो आर्थिक संकटको जोखिममा नरहेको बताएको छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोषको एसिया तथा प्रशान्त विभागका महाशाखा प्रमुख राहुल आनन्दले बंगलादेशको वर्तमान आर्थिक अवस्थाका बारेमा मंगलबार अनलाइन कन्फरेन्समा पत्रकारलाई जानकारी दिँदै बंगलादेशको बाह्य स्थिति ‘यस क्षेत्रका धेरै देशहरूभन्दा निकै फरक’ रहेको बताए।

आईएमएफका अधिकारीका अनुसार बंगलादेशको बाह्य ऋण र कूल गार्हस्थ्य उत्पादन (जीडीपी) अनुपात १४ प्रतिशतको हाराहारीमा रहेको र तुलनात्मक रूपमा कम रहेको र प्रायः सहुलियतपूर्ण प्रकृतिको छ। त्यसैले कर्जा संकटको जोखिम कम छ।   

बंगलादेशका अर्थमन्त्री एएचएम मुस्तफा कमालले फाइनान्सियल टाइम्सलाई पठाएको जवाफमा भनिएको छ, “अहिले ४० अर्ब अमेरिकी डलर सञ्चिति रहेको छ, जुन पाँच महिनाभन्दा बढीको आयात भुक्तानीका लागि पर्याप्त छ र आईएमएफले तोकेको जोखिमको सीमाभन्दा बढी छ।

घरेलु पेट्रोलको मूल्य तीव्र गतिमा बढेसँगै बंगलादेशले रुसबाट कच्चा तेल आयात गर्ने सोच बनाएको छ। बंगलादेशका विदेश सचिव मसूद बिन मोमेनले कच्चा तेल आयातको विषयमा निर्णय गर्न रूसको एक विशेषज्ञ प्रतिनिधिमण्डल चाँडै ढाका आउने बताउनुभएको छ। यस महिनाको सुरुमा बङ्गलादेशको इन्धनको खुद्रा मूल्य सन् १९७१ मा बङ्गलादेशस्वतन्त्र भएयता कहिल्यै नदेखिएको स्तरमा वृद्धि गरिएको थियो। 

kumari

बंगलादेश सरकारले अगष्ट ६ देखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतसम्म बढाएको छ। सरकारी वितरण कम्पनीहरूमाथिको अनुदानको भार कम गर्न खुद्रा बजारमा पछिल्लो मूल्यवृद्धि अपरिहार्य भएको अधिकारीहरूले बताएका छन्। 

विज्ञहरूका अनुसार इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई अझ खराब बनाउनेछ। बंगलादेशको मुद्रास्फीति जूनमा बढेर ७.५६ प्रतिशत पुगेको छ। यो वृद्धि दर करिब नौ वर्ष यताकै उच्च हो।


प्रकाशित: Aug 18, 2022| 00:10 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।