बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु

मुख्यमन्त्री केजरीवालद्वारा ‘भारतलाई पहिलो बनाऔँ’ अभियान सुरु

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन्। आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहनुभएका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ।
 |  बिहीबार, भदौ २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २, २०७९

नयाँ दिल्ली- भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘भारतलाई पहिलो बनाऔँ’ अभियानको घोषणा गरेका छन्। आम आदमी पार्टीका केन्द्रीय अध्यक्षसमेत रहनुभएका केजरीवालको यो अभियान राष्ट्रव्यापी हुने बताइएको छ।

'भारतलाई विकास गरेर फेरि पनि विश्वकै सबैभन्दा अगाडि लैजान चाहन्छौँ, त्यो काम हामीले नै गर्ने हो,' उनले भने। भारतलाई विश्वकै सबैभन्दा अग्रस्थानमा रहेको मुलुक बनाउनका लागि सबै भारतीय नागरिकले भूमिका खेल्नुपर्ने उनको भनाइ छ। 

अभियान घोषणा समारोहमा उनले भने, 'यो सबैको जिम्मेवारी र चाहना हो, त्यसैले यो अभियान पनि सबैको साझा अभियान हो, सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ।' धेरै बर्ष अगाडि भारत विश्वमै सबैभन्दा अग्रस्थानमा रहेको चर्चा गदै उहाँले फेरि अग्रपंक्तिमा लैजानका लागि यस अभियानमा सबै नागरिक जोडिनु पर्नेमा जोड दिए।

यसअघि उनले गत मङ्गलबार देशभरीका सबै बालबालिकाहरुले गुणस्तरीय शिक्षा निःशुल्क पाउनु पर्ने बताएका थिए। देशलाई अग्रपंक्तिमा लैजानका लागि हरेक नागरिकले युद्धस्तरमा काम गर्नुपर्नेमा उनले पटक पटक जोड दिए। 'मसँग एउटा मात्रै सपना छ, भारतलाई विश्वकै सबैभन्दा शक्तिशाली र सबैभन्दा बढी विकसित मुलुक भएको देख्न पाइयोस्।' 

भारत विश्वकै सबैभन्दा बढी धनी भएको आफुहरुले हेर्न चाहेको मुख्य मन्त्री केजरीवालको भनाइ छ। त्यसका लागि सबै भारतीय नागरिक धनी हुनुपर्ने उनको भनाइ छ।

kumari

प्रकाशित: Aug 18, 2022| 04:25 बिहीबार, भदौ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।