बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • टर्कीद्वारा प्यालेस्टाइनलाई दिँदै आएको समर्थन जारी राख्‍ने प्रतिबद्धता

टर्कीद्वारा प्यालेस्टाइनलाई दिँदै आएको समर्थन जारी राख्‍ने प्रतिबद्धता

टर्कीले एक दशक लामो तनावपछि इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने आफ्नो निर्णयको अर्थ प्यालेस्टाइनीलाई दिएको समर्थन त्याग्ने भन्ने नभएको बताएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

इस्तानबुल- टर्कीले एक दशक लामो तनावपछि इजरायलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्ने आफ्नो निर्णयको अर्थ प्यालेस्टाइनीलाई दिएको समर्थन त्याग्ने भन्ने नभएको बताएको छ।

इजरायली प्रधानमन्त्री याइर लापिडले राजदूतहरूको पुनःनियुक्तिसहित पूर्ण कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरे लगत्तै विदेशमन्त्री मेभलुत कावुसोग्लुको यो प्रतिक्रिया आएको हो। कावुसोग्लुले यो निर्णयले अधिकांश मुस्लिम, तर आधिकारिक रूपमा धर्मनिरपेक्ष टर्कीलाई गाजा, वेस्ट बैंक र जेरुसेलममा प्यालेस्टिनी हितका लागि पैरबी गर्न अनुमति दिने बताए।

'द्विपक्षीय सम्बन्ध सुधारका लागि राजदूतहरूको फिर्ती महत्वपूर्ण छ,' कावुसोग्लुले भने, 'हामीले सधैं भन्दै आएका छौं, हामी प्यालेस्टिनीहरूको अधिकारको रक्षाका लागि समर्थन जारी राख्नेछौं।'

टर्कीले जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिँदैन र यसको दूतावास तेल अभिवमा रहेको छ।  कावुसोग्लुले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई सूची बुझाएपछि टर्कीका राजदूत नियुक्त गरिने बताए।

सन् २०१० मा गाजामा लगाइएको नाकाबन्दी तोड्ने उद्देश्यले टर्कीको जहाजमा इजरायली आक्रमणपछि १० जना सर्वसाधारणको मृत्यु भएको घटनाले टर्कीको इजरायलसँगको सम्बन्ध बिग्रिएको थियो। 

kumari

इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले गत मार्चमा अंकाराको ऐतिहासिक भ्रमण गर्नुभएको थियो साथै उहाँले एर्दोगानसँग पनि वार्ता गरेका थिए। 

प्रकाशित: Aug 17, 2022| 23:45 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।