बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • केन्याको राष्ट्रपतिमा हारेपछि राइलाले अस्वीकार गरे मतपरिणाम

केन्याको राष्ट्रपतिमा हारेपछि राइलाले अस्वीकार गरे मतपरिणाम

विपक्षी दलका नेता तथा राष्ट्रपतीय निर्वाचनमा उपविजेता घोषित राइला ओडिङ्गाले निर्वाचन आयोगले घोषणा गरेको नतिजा अस्वीकार गरेका हुन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

नैरोबी- केन्याको राष्ट्रपतिय निर्वाचनको नतिजा उपविजेताले अस्वीकार गरेका छन्। विपक्षी दलका नेता तथा राष्ट्रपतीय निर्वाचनमा उपविजेता घोषित राइला ओडिङ्गाले निर्वाचन आयोगले घोषणा गरेको नतिजा अस्वीकार गरेका हुन्। 

निर्वाचन आयोगले राष्ट्रपतिका अर्का उम्मेदवार तथा तत्कालीन उपराष्ट्रपति विलियम रुटोले जित हासिल गरेको सोमबार घोषणा गरेको थियो। नतिजा अस्वीकार गरेका ७७ वर्षीय ओडिङ्गाले अहिलेसम्म ५ पटक राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिएका थिए। 

निर्वाचनमा धाँधली भएको, निश्पक्ष नभएको, राज्य शक्ति र श्रोत साधनको दुरुपयोग गरिएकोलगायत आरोप लगाएका छन्। त्यसविरुद्ध आफूले कानूनी उपचार खोज्नेसमेत उनको भनाइ छ। 

तर निर्वाचन आयोगका अधिकारीहरुले भने निर्वाचन निष्पक्ष नै भएको दावी गर्दै यसमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेका छन्। आयोगले रूटोलाई देशको पाँचौ राष्ट्रपतिका रुपमा घोषणा गरिसकेकाले उनलाई जिम्मेवारी दिने गरी अन्य प्रक्रिया सुरु भइसकेको अधिकारीहरुले जनाएका छन्। 

नवनिर्वाचित राष्ट्रपति रूटोले ७१ लाख ७६ हजार १४१ मत प्राप्त गर्नुभएको आयोगका प्रमुख वाफुला चेबुकातीले जानकारी दिए। उनीसँग प्रतिष्पर्धामा उत्रिएका प्रभावशाली विपक्षी नेता ओडिङ्गाले ६९ लाख ४२ हजार ९३० मत प्राप्त गरेका छन्। 

kumari

राष्ट्रपतिमा नवनिर्वाचित रूटो सन् २०१३ देखि देशको उपराष्ट्रपतिको जिम्मेवारीमा छन्। उनले आफूले सबैलाई समेटेर अगाडि बढ्ने र देशको विकासका लागि सबैको योगदानको आवश्यकता रहेको बताए।

प्रकाशित: Aug 17, 2022| 22:27 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।