शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कानुनमन्त्री कोइरालासहित १३१ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि

कानुनमन्त्री कोइरालासहित १३१ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि

सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) को निर्णयअनुसार बुधबार १३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) को निर्णयअनुसार बुधबार १३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ।

National life

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले १३१ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधिको प्रमाणपत्र प्रदान गरेका हुन्।

वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गर्नेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, नेपाल बार एसोसिएनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, बारका पूर्वमहासचिव सुनील पोखरेल, महिलाको सम्पत्तिको हकका लागि लडिरहेकी मीराकुमारी ढुंगाना, मेघराज पोखरेललगायत छन्।

सर्वोच्च अदालतको गत असार २९ गते बसेको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको थियो। त्यसमध्ये आज दुई जना उपस्थित भएनन्। 


प्रकाशित: Aug 17, 2022| 19:54 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।