सोमबार, चैत २, २०८२

चिकित्सा शिक्षा पढाउने शिक्षकको योग्यतासम्बन्धी मापदण्डका लागि कार्यविधी जारी

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्यापनका लागि शिक्षकको न्युनतम योग्यतासम्बन्धी मापदण्ड जारी गरेको छ। आयोगले गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ कार्यविधी जारी गरेको हो।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको उच्च शिक्षा अध्यापनका लागि शिक्षकको न्युनतम योग्यतासम्बन्धी मापदण्ड जारी गरेको छ। आयोगले गुणस्तरीय चिकित्सा शिक्षा कायम गर्न उच्च शिक्षा तहका शिक्षकको (फ्याकल्टी) न्यूनतम योग्यतासम्बन्धी मापदण्ड, २०७९ कार्यविधी जारी गरेको हो। 

National life

आयोगको २०७७ भदौ ३० को बैठकबाट प्रत्योजित अधिकारका आधारमा कार्यकारी समितिले कार्यविधी तयार पारेको आयोगले जनाएको छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २१ र राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को  नियम ४६ बमोजिम कार्यविधी तयार पारेको आयोगले जानकारी दिएको छ। 

कार्यविधीअनुसार विश्वविद्यालय वा प्रतिष्ठान वा शिक्षण संस्था अन्तर्गत मेडिकल र डेन्टलतर्फको शिक्षक (फ्याकल्टी) हुनका लागि सम्बन्धित विषयमा स्‍नातकोत्तर उपाधि प्राप्त गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने प्रावधान छ। शिक्षकको नियुक्तिको प्रकृया प्रचलित कानुनबमोजिम सम्बन्धित प्रतिष्ठान, विश्वविद्यालय, शिक्षण संस्थाको नियमानुसार हुनेछ। कार्यविधी अनुसार मेडिकल र डेन्टल बाहेकका विषयका लागि मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा विद्यावारिधि वा सो सरह उपाधि प्राप्त गरेको हुनुपर्ने छ। तर, नर्सिङ विधाका शिक्षकका लागि विद्यावारिधि अनिवार्य हुने छैन।

त्यस्तै सहप्राध्यापकका तहमा प्रतिष्ठान, विश्वविद्यालय वा शिक्षण संस्थामा कम्तिमा पाँच वर्ष अध्यायन, सेवाको अनुभव प्राप्त र सहप्राध्यापक तहमा रही सम्बन्धित विषय वा चिकित्सा शिक्षा सम्बन्धी विषयमा राष्ट्रिय वा अन्तर्राष्ट्रिय जर्नलमा कम्तिमा ६ वटा अनुसन्धानपत्र प्रकाशन भएको र कम्तिमा दुईवटा लेखमा मुख्य लेखक भएको हुनुपर्ने उल्लेख छ। 

यस्तो छ कार्यविधी

Laxmi sunrise bank
kumari


प्रकाशित: Aug 17, 2022| 19:02 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्