सोमबार, चैत २, २०८२

स्वास्थ्य बिमा कार्यक्रम दिगो बनाउन छिट्टै ठोस खाका बनाउँछौं : स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य बिमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा बसेको बैठकमा केसीले स्वास्थ्य बिमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरे।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- स्वास्थ्य बिमा समस्या समाधान कार्यदलको पहिलो बैठक बुधबार बसेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको अध्यक्षतामा बसेको बैठकमा केसीले स्वास्थ्य बिमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरे। 

बैठकमा केसीले स्वास्थ्य बिमा कार्यक्रम आम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए। स्वास्थ्य बिमा कार्यक्रमलाई दिगो बनाउन आवश्यक रहेको भन्दै केसीले स्वास्थ्य बिमा कार्यक्रमलाई नागरिकले सक्दो लाभ लिने र सेवामा थप गुणस्तरीयता बनाउन जरुरी रहेको बताए। 

यसका लागि हामीले छिट्टै ठोस खाका बनाउने केसीले बताए। बैठकमा स्वास्थ्य बिमा समस्या समाधानका दिर्घकालीन उपायका बारेमा छलफल भएको थियो। समितिको सदस्यहरुमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव गुणराज लोहोनी, स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार रमेश ढकाल, श्रम मन्त्रालयका उपसचिव गुरुदत्त सुवेदी, सदस्य सचिवमा नारायण ढकाल रहेका छन्।

प्रकाशित: Aug 17, 2022| 18:54 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्