शनिबार, जेठ २, २०८३

निहारिका बलात्कार आरोपितलाई थुनामा राख्न अनुमति

जिल्ला प्रशासन कार्यालय धनुषाले निहारिका राजपूतका बलात्कार आरोपित शिवराज श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं– जिल्ला प्रशासन कार्यालय धनुषाले निहारिका राजपूतका बलात्कार आरोपित शिवराज श्रेष्ठलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। मंगलबार साँझ पक्राउ परेका श्रेष्ठलाई जिप्रका धनुषाले अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको हो।

National life

सोधपुछका क्रममा प्रहरीलाई गाली गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। श्रेष्ठले ललाइफकाइ आफूमाथि बलात्कार गरेको आरोपसहित निहारिका अनसनरत छिन्। स्वास्थ्य अवस्था बिग्रिएपछि शिक्षण अस्पतालमा उपचाररत उनलाई भेट्न सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दी अस्पताल पुगेका थिए।

गत जेठ २८ देखि माइतीघरमा अनशन बसेकी उनले सरकारसँग ५ बुँदे सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस पिएर अनशन तोडेकी थिइन्। तर सहमति अनुसार सरकारले प्रक्रिया अघि नबढाएको भन्दै उनी गत साउन २० देखि पुनः अनशन बसेकी थिइन्।

गत शुक्रबार राष्ट्रपति निवास शीतल निवासअघि शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्न लागेकी निहारिकालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय शिवराम श्रेष्ठले ०७६ कात्तिक ६ गते कोठामा कोही नभएको मौकामा ललाइफकाइ, डर धम्की देखाएर आफूमाथि बलात्कार गरेको आरोप उनको छ।

त्यसपछि उनले जबरजस्ती करणी मुद्दा दायर गरेकोमा मुद्दा चलिरहेकै समयमा २०७७ भदौ ०५ गते छोरालाई जन्म दिएकी थिइन्। २०७८ माघ २४ मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिका बलात्कृत नभएको निष्कर्ष निकाल्दै आरोपितलाई सफाइ दिएको थियो।

उक्त मुद्दामा फैसला गर्ने भट्टराई सर्वोच्च अदालतमा तानिएका छन्। उनीमाथि न्याय परिषद्ले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 17, 2022| 17:34 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।