मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंक सञ्चालकको रुपमा अर्थसचिव कृष्णहरिले लिए सपथ

राष्ट्र बैंक सञ्चालकको रुपमा अर्थसचिव कृष्णहरिले लिए सपथ

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ ग्रहण गरेका छन्।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९
National life
Shivam cement

काठमाडौं– अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंकको सञ्चालकका रुपमा सपथ ग्रहण गरेका छन्। बुधबार उनले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सपथ लिएका हुन्। 

अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितिमा पदेन सदस्य हुने व्यवस्था छ। गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थसचिवमा नियुक्ति गरेको थियो। पुष्कर यसअघि राजस्वसचिव थिए।

प्रकाशित: Aug 17, 2022| 17:10 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्