काठमाडौं– फोहोर व्यवस्थापनको चुनौती र बञ्चरेडाँडाका स्थानीयको समस्या समाधानका लागि काठमाडौं, नुवाकोट र धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल सुरु भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा जनप्रतिनिधि पनि छलफलमा उपस्थित छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बञ्चरेडाँडाका स्थानीयको माग र फोहोर व्यवस्थापनबारे छलफल भइरहेको बताए। बञ्चरेडाँडामा भने फोहोर गाडीले फोहोर विसर्जन गरिरहेको छ। स्थानीय र प्रहरीबीच झडप पनि चालू नै छ।