शुक्रबार, असोज ९, २०८३

नेपाल–बेलायतबीच श्रम समझदारीमा हस्ताक्षर हुँदै

गत ३१ जेठको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं– नेपाल र बेलायतबीच स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ। आगामी सोमबार बेलायतमा काम गर्न जाने स्वास्थ्य जनशक्ति पठाउने सम्बन्धमा हस्ताक्षर हुने भएको हो।

समझदारीमा नेपालबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले बताएको छ। गत ३१ जेठको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो।

प्रकाशित: Aug 17, 2022| 16:14 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्