बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

१२ वर्षमा पनि बनेन तत्कालीन प्रधानमन्त्रीले उद्घाटन गरेको पुल

बागमती नदीमा वि.सं २०६७ साल जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए।
 |  बुधबार, भदौ १, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

गौर- रौतहटको बडहर्वास्थित बागमती नदीमा पुल बनाउन शिलान्यास भएको १२ वर्षसम्म पनि निर्माण कार्य सम्पन्न नहुँदा स्थानीयवासी मारमा परेका छन्। रौतहटको दुर्गाभगवती गाउँपलिका-५ वडहर्वास्थित बागमती नदीमा १२ वर्षसम्म पनि पुल निर्माण हुन नसक्दा नदी वारपार गर्न स्थानीय मारमा परेका हुन्। 

triton college

बागमती नदिमा स्थानीयहरु वारपार गर्न सहज हुने भन्दै माधवकुमार नेपाल प्रधानमन्त्री भएको बेलामा पुल शिलान्यास भएको थियो। तर पूर्वप्रधानमन्त्री नेपालले पुल शिलान्यास गरेको १२ वर्ष भइसक्दा पनि पुल निर्माण हुन सकेको छैन। बागमती नदीमा वि.सं २०६७ साल जेठमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए। 

पुल बन्ने ठूलो आशा बोकेका बागमती पारीका बडहर्वावासीले आफ्नै गाउँपालिका तथा वडा कार्यालय आउनसमेत दिनभर लाग्ने गरेको छ। पुल समयमा नै निर्माण सम्पन्न नहुँदा बागमती पारी बसोवास गर्ने करिव ४ सय भन्दा बढी घरधुरीका स्थानीय जोखिम मोलेर काठको डुंगामा यात्रा गर्न बाध्य छन्। 

स्थानीयहरु दैनिक तथा प्रशासनिक कामको लागि र जिल्लाका विभिन्न स्थानहरुमा जानको लागि डुंगाकै भर पर्नुपर्ने अवस्था रहेको उनीहरुको गुनासो छ। 

स्थानीयवासी बिरामी हुँदासमेत डुंगामार्फत नदी पार गरेर उपचार गर्न जानुपर्ने अवस्था छ। स्थानीय बालकेश्वरी देवीले नदीमा बाढी आएमा नदी पारी जानसमेत नसक्ने बताइन्। पुल नभएका कारण आफ्नै खेतबारीमा काम गर्न जानसमेत एकदिन लाग्ने गरेको गुनासो उनको छ। त्यस्तै स्थानीय सुरेन्द्र पासवानले वडा कार्यालयमा सामान्य सिफारिसको लागि जाँदा एकदिन छुट्याएर जानुपर्ने बाध्यता रहेको बताए। 

Metro Mart
vianet

बागमती नदी पारी रौतहटको बतसपुर, बडहर्वा, राजदेवी , गौर लगायतस्थानका मानिस डुंगा चढेरै खेतबारीमा काम गर्न जाने गरेका छन्। बागमती पारीका स्थानियलाई वारी आउन दुईवटा डुंगाको यात्रा गर्नुपर्छ। वर्षायाममा बागमती नदीमा बाढी आउँदा स्थानियहरुको आवत जावत नै ठप्प हुने गरेको छडुंगा चालक रामबाबु रजक बताउँछन्। डुंगा चढ्न सर्वसाधरणले एकपटकको ५० रुपैयाँ लाग्ने उनले बताए। नदीमा बाढी आउँदा दिनमा एकपटक मात्रै डुंगा चल्ने गरेको छ। 

यता हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख दारोगाप्रसाद साहले भने ठेकेदार कम्पनीको समय अवधि डेढ वर्ष रहेको बताए। उनले डेढ वर्षको अवधिमा वागमति नदीको पुल अन्य किसिमका बाधा नभए निर्माण सम्पन्न हुने बताए। 

 प्रधानमन्त्रीबाट पक्की पुल निर्माणको लागि शिलान्यास भएसँगै ज्यानको जोखिम राखेर यात्रा गर्न बाध्य बडहर्वावासी खुशी भएका थिए। तर शिलान्यास भएको १२ वर्षसम्म पनि पुल बन्न नसक्दा स्थानीयहरु रुष्ट भएका छन्। 


प्रकाशित: Aug 17, 2022| 15:35 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।