शुक्रबार, असोज ९, २०८३

नबिलको ‘नबिल फोनलोन’ सुविधा

निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ। डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने छ।

कसरी पाइन्छ ऋण ?

यो एक नवीनतम डिजिटल सुविधा हो। यो सेवा बैंकले एफवान इन्टरनेशनल प्रालिको सहकार्यमा ल्याएको हो। नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ। यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ।

फोन लोनका विशेषताहरु

कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स

ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन्।

इन्स्ट्यान्ट लोन

बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ।

बिना धितो ऋण

ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने

सुक्ष्म ऋण

यस योजना अन्तर्गत रु एक लाखसम्म ऋणको सुविधा लिन सकिने

प्रकाशित: Aug 17, 2022| 12:12 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्