शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपालमा स्प्राइटको अहिलेसम्मको ठूलो प्रोमोसनल क्याम्पेन

नेपालमा स्प्राइटको अहिलेसम्मको ठूलो प्रोमोसनल क्याम्पेन

नेपालको सर्वाधिक लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- नेपालको सर्वाधिक लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले आफ्नो अहिलेसम्मको सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन स्प्राइट सँग जित्ने मौका ल्याएको छ। यस क्याम्पेन मार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ एओ३एस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको छ।

National life

यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागु हुनेछ जसले यो क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रोमोसनल क्याम्पेन बनाएको छ। उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान गर्न कोका–कोला नेपाल सदैव केही न केही गरिरहेको हुन्छ र यो योजना त्यस्तै एक प्रयास हो।

यो अफरमा सहभागि हुनको लागि उपभोक्ताहरूले बोतलको प्रमोशनल लेबलमा रहेको क्यूआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ। अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ। यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागु हुनेछ।

साउनबाट शुरु भएको यो अफर असोज ९ गतेसम्म लागु हुनेछ। बजारमा यो अफर लागु नहुने बोतलहरु पनि उपलब्ध छन्। 


प्रकाशित: Aug 17, 2022| 12:06 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्