शुक्रबार, असोज ९, २०८३

चीनको स्मार्टफोन बजारमा भिभो पहिलो स्थानमा

भिभो सन् २०२२ को दोस्रो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- भिभो सन् २०२२ को दोस्रो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ। काउन्टर पोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार उक्त अवधिमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो पहिलो स्थानमा रहन सफल भएको हो।

मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापी रूपमा विस्तार गरिरहेको कम्पनीले बताएको छ।  हाल भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको र विश्वभरका ४०० मिलियनभन्दा बढी प्रयोगकर्ताहरूको मन जितिसकेको कम्पनीको दाबी छ।

सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, 'भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ।'  भिभोले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनीतिद्वारा यो गति हासिल गरेको र युवा ग्राहकहरूबाट यसले सकारात्मक प्रतिक्रिया पाइरहेको माइकलले बताए।

कम्पनीका अनुसार उपभोक्ता–केन्द्रित ब्रान्डले आफ्नो भी र वाई सिरिजका कारण यो सफलता तथा लोकप्रियता हासिल गरेको हो।

भी श्रृंखला यसको क्यामेरा–केन्द्रीत नवीनता र जेसिस्सँगको साझेदारी तथा वाई श्रृंखला, यसको प्रविधि तथा बजेट फ्ल्यागशिप अनुभवको कारण भिभो युवाहरूको रोजाइमा परेको कम्पनीले बताएको छ। 

प्रकाशित: Aug 17, 2022| 12:00 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्