शुक्रबार, असोज ९, २०८३

सुनको मूल्य प्रतितोला पाँच सयले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार दुई सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला पाँच सयले घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार सात सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार दुई सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय १० कायम रहेको महासङ्घले जनाएको छ।

प्रकाशित: Aug 17, 2022| 11:34 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्