आइतबार, साउन २४, २०८३

एकीकृत समाजवादीले बोलायो बैठक

नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ। उम्मेदवारको मापदण्ड तय गर्न बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठक बस्दैछ। 

बैठक दिउँसो २ बजे पार्टी मुख्यालय आलोक नगरमा बस्नेगरी बोलाएको उपमहासचिव डा. विजय पौडेलले बताए। 

सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिने बताइएको छ। 

नेकपा समाजवादी सत्तारुढ दलमा तेस्रो ठूलो दल छ। पाँच दलीय गठबन्धनमा रहेका दलहरूलाई १६५ मध्ये कुन दलले कति सिट पाउने भन्ने टुंगो लागि सकेको छैन।

प्रकाशित: Aug 17, 2022| 10:51 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...