सोमबार, चैत २, २०८२

शिक्षण अस्पतालमा 'सुरेश वाग्ले क्यान्सर सेन्टर'को सेवा सुरु हुँदै

क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले ५५ करोडको लागतमा सेन्टर निर्माण गरिएको हो।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक सय ४० शय्याको ‘सुरेश वाग्ले क्यान्सर सेन्टर’ निर्माण भएको छ। क्यान्सरबाट पीडित बिरामीलाई विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले ५५ करोडको लागतमा सेन्टर निर्माण गरिएको हो। उक्त सेन्टरको चाँडै शुभारम्भ गरिने जनाइएको छ।

National life

नयाँ सेन्टरबाट २५ शय्याको क्यान्सर वार्ड, २० शय्याको आइसीयू, ३० शय्याको एचडीयू, १५ शय्याको डेकेयर केमोथेरापीलगायतका सेवा प्रदान गरिने अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जानकारी दिए।

यसबाहेक उक्त सेन्टरमा तीन रेडियोथेरापी बङ्कर, एम्बुलेटरी बेड, बोनम्यारो ट्रान्सप्लान्ट सेन्टरलगायत रहनेछ। अहिले उक्त भवनमा कोरोनाका बिरामी राखेर उपचार गरिँदै आएको कार्यकारी निर्देशक डा काफ्लेले बताए। ‘अण्डरग्राउण्ड’सहित आठतले उक्त भवनमा कर्मचारी व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

विसं २०४० असार ३१ गते स्थापना भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले सुरुमा तीन सय शय्यामार्फत सेवा प्रदान गरिएको थियो।

हाल उक्त सेवालाई विस्तार गरी एक हजार शय्यामार्फत बिरामीको उपचार गर्दै अस्पतालले जनाएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित सो अस्पतालले दैनिक दुई हजार हाराहारीमा बिरामीलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको छ।

Laxmi sunrise bank
kumari

उक्त अस्पतालले ३६ विभिन्न विभागमार्फत बिरामीको उपचार गर्दै आएको कार्यकारी निर्देशक प्रा डा काफ्लेले बताए।

सो अस्पतालले गत आर्थिक वर्षमा चार लाख ५० हजार बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरेको थियो भने एक हजार सात सय कडा खालको रोगको समेत उपचार गरेको थियो। कडा खालको रोगमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत रहेका छन्।   -रासस


प्रकाशित: Aug 17, 2022| 10:22 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्