काठमाडौं- संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठित पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज बस्ने भएको छ।
बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा बैठक बस्ने भएको हो। बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाका बारे छलफल गर्ने बताइएको छ।
२०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ।