सोमबार, चैत २, २०८२

कञ्चनपुरमा ज्वरोका बिरामी बढे

दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

कञ्चनपुर- कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने र नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ।

National life

लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ।स्वास्थ्यकर्मीले बिरामीलाई जाँच गरी औषधि उपलब्ध गराउने काम भइरहेको स्वास्थ्य चौकीले जनाएको छ।

‘स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ’, उनले भने, ‘यस्ता बिरामीलाई आइसोलेट गर्नुपर्नेमा त्यो हुनसकेको छैन। त्यसैले पनि ज्वरोको लक्षण लिएर आउने बिरामी बढेका छन्।’ ज्वरो आएकाले पनि मास्कको प्रयोग नगर्ने भएकाले पनि सङ्क्रमण बढदो रूपमा रहेको उनले जानकारी दिए।

शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि पुग्ने तीन सय बढी बिरामीमध्ये आधा बढी बिरामी ज्वरोका रहने गरेका छन्। ती मध्ये धेरैजसो बिरामीको लक्षण कोरोनासँग मिल्दोजुल्दो छ।

मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढेको उनको भनाइ छ। ज्वरोसँगै टाइफाइड, रुघाखोकीसँगै दूषित पानीका कारणसमेत बिरामीको सङ्ख्या बढदो रहेको छ। दोधारा चाँदनी प्राथमिक स्वास्थ केन्द्रका चिकित्सक आशिष पोख्रेलका अनुसार दैनिक केन्द्रमा एक सय बढी बिरामी उपचारका लागि पुग्ने गर्दछन्। तीमध्ये ७० प्रतिशत बिरामी भाइरल ज्वरोका रहने गरेका छन्।

Laxmi sunrise bank
kumari

बिरामीको जाँचसँगै औषधि उपलब्ध गराई उमालेको पानीको प्रयोगमा जोड दिनका लागि आग्रह गरिँदै आएको चिकित्सक पोख्रेलले जानकारी दिए। महाकाली अस्पतालमा समेत उपचारका लागि पुग्नेमध्ये ६० प्रतिशत बढी बिरामी ज्वरोका रहने गरेका छन्।

प्रकाशित: Aug 17, 2022| 08:00 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्