आइतबार, साउन २४, २०८३

आजदेखि आयोगले दलहरूका निवेदनबारे जाँचबुझ गर्ने

निर्वाचन आयोगले आजदेखि दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- निर्वाचन आयोगले आजदेखि दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि निवेदन दिएका दलको निवेदनमाथि आयोगले आजदेखि जाँचबुझ गर्ने भएको हो।

दलहरूले बुझाएका कागजातबारे अध्ययन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। त्यसपछि दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुनेछ।

आयोगले तोकेको अवधिमा आयोगमा दल दर्ताका लागि ८४ दलले निवेदन दिएका छन्।  साउन २३ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकिएको थियो।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ। 

प्रकाशित: Aug 17, 2022| 08:00 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...