आइतबार, साउन २४, २०८३

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। 

बिहान ८ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए।आजको बैठकमा आगामी आम निर्वाचनसँग केन्द्रीत भएर छलफल हुने उनले जानकारी दिएका छन्।

यसअघि मंगलबार (३१ साउन) मा पनि माओवादी स्थायी कमिटी बैठक बसेको थियो। बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई माओवादीको चुनाव चिन्हबाट लड्न दिने निर्णय गरेको थियो। 

यस्तै सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाटका लागि बनेको कार्यदलले बुझाउने प्रतिवेदन र आफ्नो दाबीबारे आजको बैठकमा विस्तृत छलफल हुने महराले बताए।

प्रकाशित: Aug 17, 2022| 07:02 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...