मंगलबार, जेठ २६, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
 |  बुधबार, भदौ १, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५२ रुपैयाँ ९२ पैसा र बिक्री दर १५३ रुपैयाँ ६४ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३३ रुपैयाँ ७५ पैसा र बिक्री दर १३४ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९७ पैसा र बिक्री दर ८९ रुपैयाँ ३९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ९५ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Shivam cement

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३४ रुपैयाँ ०३ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।     -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Aug 17, 2022| 06:32 बुधबार, भदौ १, २०७९
प्रतिक्रिया दिनुहोस्