मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १ लाख २३ हजार ७८३ उम्मेदवारले पेस गरेनन् खर्च विवरण, आयोगले थाल्यो कारबाही प्रक्रिया

१ लाख २३ हजार ७८३ उम्मेदवारले पेस गरेनन् खर्च विवरण, आयोगले थाल्यो कारबाही प्रक्रिया

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका १ लाख २३ हजार ७८३ जनाले खर्चको विवरण पेस नगरेको निर्वाचन आयोगले जानकारी दिएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९
National life
Shivam cement

काठमाडौं- गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका १ लाख २३ हजार ७८३  जनाले खर्चको विवरण पेस नगरेको निर्वाचन आयोगले जानकारी दिएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै आयोगले उनीहरूमाथि कारबाही प्रक्रिया सुरु गरेको जानकारी दिएको हो। 

निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा खर्चको विवरण बुझाउनु पर्ने कानूनी व्यवस्था छ। निर्धारित समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलोगरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६५२ जनासमेत कूल जम्मा १ लाख २३ हजार ७८३ जनलाई विवरण नबुझाउनुको कारण पेस गर्न ७ दिनको समय दिइएको छ। 

२१ हजार २३० जना उम्मेदवारले मात्र कानुन अनुसार विवरण बुझाएका छन्। यस्तै आयोगले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षका उम्मेदवारहरूले आफू उम्मेदवार भएको स्थानीय तहको कार्यालयमा र वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्य पदका उम्मेदवारहरूले आफू उम्मेदवार भएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सात दिनभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न समेत आयोगले निर्देशन दिएको छ। 

प्रकाशित: Aug 16, 2022| 20:45 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...