मंगलबार, जेठ २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सर्दुखोलामा श्रमदान गर्न प्रचण्डलाई हर्क साम्पाङको निम्तो, प्रचण्डले भने- हुन्छ

सर्दुखोलामा श्रमदान गर्न प्रचण्डलाई हर्क साम्पाङको निम्तो, प्रचण्डले भने- हुन्छ

- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्दुखोलामा श्रमदानका लागि निम्तो दिएका छन्। मंगलबार भएको भेटका क्रममा साम्पाङले दाहाललाई निम्तो दिएका हुन्।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९
National life
Shivam cement

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्दुखोलामा श्रमदानका लागि निम्तो दिएका छन्। मंगलबार भएको भेटका क्रममा साम्पाङले दाहाललाई निम्तो दिएका हुन्। 

मेयर साम्पाङले फेसबुकमा आफूहरुबीच भेट भएको जानकारी गराएका छन्। 'आज प्रचण्डसँग भेट भयो। मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ। उहाँले 'हुन्छ' भन्नु भो। हेरौँ कहिले आउनु हुन्छ!'

काठमाडौं भ्रमणमा रहेका साम्पाङले आजै अर्थमन्त्री जनार्दन शर्मासँग पनि भेट गरेका थिए। भेटमा धरानमा खानेपानी समस्याको समाधानका लागि सहयोग गर्न साम्पाङले शर्मालाई आग्रह गरेका थिए। मन्त्री शर्माले आफूहरुले बजेटमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। 

यसअघि राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगेर साम्पाङले महावीर पुनसँग पनि भेट गरेका थिए। भेटमा धरानस्थित पूर्वाञ्चलन इन्जिनियरिङ क्याम्पसमा केन्द्रको शाखा खोल्ने विषयमा छलफल भएको थियो। 
प्रकाशित: Aug 16, 2022| 20:15 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...