आइतबार, वैशाख २८, २०८२

एकीकृत समाजवादीसँग पनि एकताको तयारी छ, नाम नेकपा रहन्छ : प्रचण्ड

पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ छ।
 |  मंगलबार, साउन ३१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

vianetvianet

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकताका लागि तयारी भइरहेको बताएका छन्। यसका लागि संयोजन समिति बनाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। 

triton college

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै प्रचण्डले यस्तो बताएका हुन्। पार्टी एकतापछि हुने पार्टीको नाम 'नेकपा' हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ छ।  

‘हामी अरु पनि वामपन्थीहरूसँग जस्तो माधव नेपालजीहरूसित हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौँ। नाम नेपाल कम्युनिस्ट पार्टी नै रहन्छ। चुनाव अघि त केही पनि हुँदैन,’ प्रचण्डले भने, ‘चुनावपछि नाममा चाँहि नेकपा समाजवादी वा यस्तै केही हुन सक्छ। नेकपा राख्ने भन्नेमा भने सहमति भइसक्यो।’

वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउँ उभिने कुराको ठूलो अर्थ र महत्त्व रहेको प्रचण्डको ठहर छ। ‘अहिले वामपन्थी आन्दोलन र कम्युनिस्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्त्व छ। हामी उभियौँ अब। अब कसैले रोकेर रोकिँदैन। त्यो ठूलो कुरा हो भनेर म भन्न चाहन्छु,’ प्रचण्डले भने, ‘यद्यपि, आजै पार्टी एकता भएको होइन। चुनावपछाडि हामी एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएका छौँ। अहिले चुनाव चिन्ह, घोषणापत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ।’

प्रकाशित: Aug 16, 2022| 20:04 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...