शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कामकै लागि दोस्रो पटक विदेश जानेको संख्या २ सय प्रतिशत बढ्यो

कामकै लागि दोस्रो पटक विदेश जानेको संख्या २ सय प्रतिशत बढ्यो

नेपाल राष्ट्र बैंकले गत वर्षको तथ्यांक सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा गत वर्ष पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या १९८.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको हो।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- गत आर्थिक वर्ष २०७८/७९ मा पुन: श्रम स्वीकृति लिएर विदेश जानेको संख्या उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले गत वर्षको तथ्यांक सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा गत वर्ष पुनः श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या १९८.५ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको हो।

गत आवमा पुन: श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या २ लाख ८२ हजार ४५३ पुगेको छ। अझ अघिल्लो वर्षको तुलनामा अघिल्लो वर्ष यस्तो संख्या ४६.८ प्रतिशतले घटेको थियो। कामका लागि विदेश गएर आएपछि फेरि पनि कामकै लागि विदेश जानेले पुन: श्रम स्वीकृति लिने गरेका छन्। यसरी दोस्रो पटक जानेहरू पनि सबैले पुन: श्रम स्वीकृति नलिएर पहिलो पटक गएजस्तै गरी स्वीकृति लिने गरेका छन्। 

समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ३ लाख ५४ हजार ६६० पुगेको छ। अघिल्लो वर्ष यस्तो संख्या ६२.८ प्रतिशतले घटेको थियो।

गत वर्ष विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेर १० खर्ब ७ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्ष विप्रेषण आप्रवाह ९.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। 

समीक्षा वर्षमा खुद ट्रान्सफर ४.३ प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड पुगेकोछ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर ९.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Aug 16, 2022| 18:50 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्