शुक्रबार, असोज ९, २०८३

५८ सय ४८ विद्यार्थीलाई आईएमई लाइफको बीमा साक्षरता

बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- बीमाको क्षेत्रमा साक्षरता बढाउने उद्देश्यका साथ आईएमई लाइफ इन्स्योरेन्सले आइतबार सातवटै प्रदेशका शैक्षिक प्रतिष्ठानहरुमा बीमा साक्षरता जागरण अभियान सम्पन्न गरेको छ। 

आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको पाँचौँ वर्ष पूरा गरेको अवसरमा मुलुकभर बीमा साक्षरता जागरण अभियान गरिएको हो। 

आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा क्षेत्रको समग्र विकास एवं विस्तारको लागि विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बीमा साक्षरता जागरण अभियान सञ्चालन गरिएको जानकारी दिए। नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको उद्देश्यलाई आत्मसात् गर्दै बीमा साक्षरता जागरण अभियान गरिएको कम्पनीले जनाएको छ।

मुलुकभर गरिएको बीमा साक्षरता जागरण कार्यक्रममा ५ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए। ६० भन्दा बढी विद्यालय एवं क्याम्पसमा जनचेतना प्रवाह गरिएको थियो। बीमा कम्पनीले एकैदिन ५८४८ भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी जनचेतना प्रवाह गरेको सम्भवतः यो पहिलोपटक हो। कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यका अनुसार, विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रचलित ऐनका साथै बीमाको महत्व  र राष्ट्र विकासमा बीमाको महत्वपूर्ण भूमिकाको विषयमा जानकारी दिइएको थियो।  

आईएमई लाइफ इन्स्योरेन्सले पाँचौ वर्ष पुरा गरेको अवसरमा एकैदिनमा ७४८ जनालाई बीमा अभिकर्ता तालिम,  ५७१ जनाबाट वृहत रक्तदान तथा सातै प्रदेशमा १३०२ जना लाभान्वित हुनेगरी स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ।


प्रकाशित: Aug 16, 2022| 18:48 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्