शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यामाहाले रे जेडआरले फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्ने

यामाहाले रे जेडआरले फेन्टासी लिगका लागि ‘रुटिन अफ नेपाल बन्द’ सँग सहकार्य गर्ने

नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ। नेपाली फुटबल समर्थकहरू देशको फुटबल गतिविधिमा मात्र नभएर देशबाहिरको फुटबल गतिविधिलाई समेत निकै चासोको साथ फलो गर्ने गर्छन्।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- नेपालमा फुटबल क्रेज निकै लोभलाग्दो छ। नेपाली फुटबल समर्थकहरू देशको फुटबल गतिविधिमा मात्र नभएर देशबाहिरको फुटबल गतिविधिलाई समेत निकै चासोको साथ फलो गर्ने गर्छन्।

फुटबल जगतकै सर्वाधिक भब्य मानिने इंग्लिस प्रिमियर लिग (ईपीएल)को नयाँ सिजन गत अगस्ट ०६ बाट सुरु भएसँगै फेन्टासी लिग पनि चर्चाको शिखरमा छ।

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आधारित रहेर कम्प्युटर प्रविधिबाट खेलिने यस काल्पनिक खेल पछिल्लो समय नेपालमा इन्टरनेटको सहज पहुँच तथा अन्य प्रविधिको विकाससँगै नेपाली युवाहरूमाझ निकै लोकप्रिय बन्दै आइरहेको छ। पछिल्लो वर्षको तथ्याङ्कअनुसार नेपालमा करिब ५० हजारले ‘फेन्टासी लिग’ खेलेका छन्।

यस सिजनको नेपालको ‘फेन्टासी प्रिमियर लिग’ लाई अझ भब्य रूपमा आयोजना गर्नका निम्ति फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ (आरओएनबी) ले यामाहा नेपालसँगको सहकार्यमा आयोजना गरेको छ। गत वर्षसम्म आरएनबीले एकल रुपमा सञ्चालन गर्दै आइरहेको उक्त लिगलाई अझ बृहत्तर रूप दिने उद्देश्यको साथ पेजले यस वर्षदेखि यामाहा नेपालसँग सहकार्य गरेको हो।

यस सिजनको ‘फेन्टासी प्रिमियर लिग’ मा सहभागी बन्नका लागि कोड वाइटुथ्रीवाइओ रहेको छ। उक्त कोड ‘फेन्टासी प्रिमियर लिग’ को एपमा प्रयोग गरी सहभागी हुन सकिनेछ। तर, यामाहा नेपालका अनुसार सो कोड भने यामाहा नेपालको आधिकारिक शोरुममा भिजिट गरी रजिष्ट्रेशन फारम भरेपछि मात्र मान्य हुनेछ।

फेन्टासी लिग, इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आधारित रहेर खेलिने काल्पनिक खेल हो जसमा ईपीएलको नियमहरू अन्तर्गत र ईपीएलजस्तै ९ महिना (३८ हप्ता) सम्म चल्नेछ।

कम्पनीका अनुसार फेन्टासी लिगमा साप्ताहिक विजेता र भाग्यशाली विजेता हुनेछन्। साप्ताहिक विजेता हुनका लागि हप्ताभरका लागि लिगको लिडरबोर्डमा अग्रता लिनु पर्नेछ। त्यसैगरी, भाग्यशाली विजेता लिगको अन्त्यमा घोषणा गरिनेछ जुन प्रत्येक हप्ता लिडरबोर्डमा अग्रता लिनेहरूको प्वाइन्टलाई आधार मानी गरिनेछ। साप्ताहिक विजेतालाई यामाहा नेपालको तर्फबाट आकर्षक पुरस्कारहरू दिइने र एक भाग्यशाली विजेतालाई कम्पनीले यामाहा रेजेडआर १२५ एफआई स्कुटर प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: Aug 16, 2022| 18:47 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्