शुक्रबार, असोज ९, २०८३

सानिमा बैंकको तीजको कोसेली योजना

सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने जनाएको छ।

साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ। साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जनाएको छ।


प्रकाशित: Aug 16, 2022| 18:41 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्