सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा

सिद्धार्थ बैंकको मोबाइल बैंकिङ सेवा ओम्नी च्यानल प्रणालीमा

सिद्धार्थ बैंकले ग्राहकहरूलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी ‘सिद्धार्थ बैंक स्मार्ट एक्सपी’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- सिद्धार्थ बैंकले ग्राहकहरूलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नति गरी ‘सिद्धार्थ बैंक स्मार्ट एक्सपी’ नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ।  

National life

यस एप मार्फत बैंकका ग्राहकहरूले जुनसुकै समयमा मोबाइल, ट्याबलेट, ल्यापटप जस्ता माध्यमबाट डिजिटल बैंकिङ सेवाहरू उपभोग गर्न सक्ने भएका छन्। सेवाहरू उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आफ्नो बैंकिङ एपलाई अपडेट गरी सुविधा लिन सक्ने जनाएको छ।  

यस एपमार्फत ग्राहकहरूले पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सकिने, नयाँ चेकबुक अनुरोध गर्न सकिने, बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने, बैंकका कर्मचारीहरूसँग भेट्ने समय सुनिश्चित गर्न सकिने, निक्षेप तथा कर्जा खाताको ब्याज हेर्ने लगायतका सुविधाहरू लिन सक्ने जनाएको छ।  

यसका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न लगायतका सुविधाहरू पनि उपलब्ध रहेको जनाएको छ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरूलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनहरूमा मोबाइल बैंकिङ सेवामा अरू पनि सुविधाहरू थप गरी बैंकिङ सेवालाई अझ बढी प्रभावकारी, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ।

Shivam cement

प्रकाशित: Aug 16, 2022| 18:38 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्