काठमाडौं- नेपाल राष्ट्र बैंकले मूल्यवृद्धि अपेक्षित सीमाभित्र रहेको तथ्याङ्क प्रस्तुत गरेको छ। गत आर्थिक वर्षमा देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै बैंकले यस्तो उल्लेख गरेको हो।
बजेटमार्फत मुद्रास्फीति ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य राखिएको ६.३२ प्रतिशतमा सीमित भएको केन्द्रीय बैंकले जनाएको छ।असार महिनामा भने वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो।
अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत थियो। विश्वव्यापी रुपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि आपूर्ति प्रणालीमा आएको व्यवसधान तथा नेपाली मुद्रा अमेरिकी डलरसँग अवमूल्यन भएका कारण आर्थिक वर्ष २०७८/७० का पछिल्ला महिनाहरुमा मुद्रास्फीतिमा चाप परेको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७८/८९ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलमा २६.१३, दाल तथा गेडागुडीको ९.९२, सुर्तीजन्य पदार्थको ९.८४ र मदिराजन्य पेय पदार्थको ८.५७ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।