सोमबार, जेठ २५, २०८३

नेसपा पनि गठबन्धकै अंग हो : डा बाबुराम भट्टराई

'नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अंग हो। भित्र बाहिर भन्ने कुराको भ्रम नपरोस्। जे सहमति हुन्छ त्यही अनुसार चुनाव लड्छौँ,’ डा भट्टराईले भने।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी पनि सत्ताधारी गठबन्धनकै अंग भएको बताएका छन्। मंगलवार नेकपा (माओवादी केन्द्र) को केन्द्रिय पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि डा भट्टराईले यस्तो बताएका हुन्। 

National life

'नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अंग हो। भित्र बाहिर भन्ने कुराको भ्रम नपरोस्। जे सहमति हुन्छ त्यही अनुसार चुनाव लड्छौँ,’ डा भट्टराईले भने। 

उनले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच सहकार्य चुनावका लागि मात्र भएको बताए। नेपालमा अग्रगामी परिवर्तनको एजेण्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिष्पर्धा गर्ने स्थिति नरहेकाले माओवादीको चुनाव चिह्नमा लड्ने निधो गरेको उल्लेख गरे। 

‘नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडा लिएर प्रतिष्पर्धा गर्नेछौँ। त्यही अनुसार निर्वाचन आयोगमा दल दर्ता गराएका छौँ। तत्काल चुनावी प्रयोजनका निम्ति मात्रै हो,' उनले भने, 'हाम्रो लक्ष्य चाहिँ नेपालमा जुन ढंगको अग्रगामी परिवर्तनको एजेण्डा बाँकी छन्, त्यसलाई पूरा गर्नका निम्ति हामी एक्लाएक्लै भन्दा पनि मिलेर र नयाँ आधारमा एकतावद्ध भएर जानु अहिलेको ऐतिहासिक आवश्यकता भएकाले त्यो दिशातिर पनि उन्मुख हुने हिसावले लिएका छौँ। तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौँ। हाम्रो लक्ष्य चाहीँ आगामी दिनमा वृहत अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ।'

प्रकाशित: Aug 16, 2022| 18:02 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...