आइतबार, साउन २४, २०८३

प्रधानमन्त्रीको कुरै नसोध्नुस् : वामदेव

आयोग परिसरमा पत्रकारहरुसँग केहीबेर कुरा गरेका वामदेवले गठबन्धन दलबाहेक अरु कसैले चुनाव नजित्ने ठोकुवा गरे। गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ नै आफूले नदेखेको उनले बताए।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं– राष्ट्रियसभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्ने तयारीमा रहेका वामदेव गौतम मंगलबार दिउँसो कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका थिए। माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने सहमति अध्यक्ष प्रचण्डसँग गरेपछि गौतम त्यसैको प्रक्रियाबारे बुझ्न आयोग पुगेका हुन्।

आयोग परिसरमा पत्रकारहरुसँग केहीबेर कुरा गरेका वामदेवले गठबन्धन दलबाहेक अरु कसैले चुनाव नजित्ने ठोकुवा गरे। गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ नै आफूले नदेखेको उनले बताए।

गौतमले भने, ‘मैले भन्दा धेरै मान्छे रिसाउन पनि सक्छन्। एमालेका मान्छेहरु पनि रिसाउन सक्छन्। साँच्चै र इमानदारीका साथ गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ मैले देख्दिनँ। तर यहाँभित्रै छिद्र पैदा हुने, अन्तर्घात गर्ने, विद्रोही उठ्ने भयो भने त्यसबाट फाइदा पुग्ने अरुलाई हो। त्यो फाइदा पुगे पनि गठबन्धन धेरै अगाडि हुन्छ।’

प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा छिर्न लाग्नुभएको हो ? भन्ने प्रश्नमा भने गौतम अलि आवेशमा आए। सांसद भएर आएर प्रधानमन्त्री बन्ने तपाईंको सपना बाँकी छ, त्यो पूरा गर्नका लागि तयारी हो? भन्ने प्रश्नमा पत्रकारलाई रोक्दै गौतमले भने, ‘प्रधानमन्त्रीको कुरै नसोध्नुस्। म चुप। त्यो भन्दाबित्तिकै मेरो सबै काम बिग्रिन्छ।’

२०७४ को निर्वाचनअघि गौतमले निर्वाचनपछि आफू पनि प्रधानमन्त्री बन्न सक्ने सम्भावना व्यक्त गरेका थिए। तर, पार्टी नेतृत्वले त्यो अभिव्यक्ति सुनेपछि आफूलाई अन्तर्घात गरेर हराएको उनको भनाइ छ।

प्रकाशित: Aug 16, 2022| 17:26 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...